spot_img

बीरगंज महानगर सहित पर्साका ५ स्थानिय तह अझै खुला दिशा मुक्त हुन बाँकी

spot_img
spot_img

वीरगञ्ज, २० असार — बीरगंज महानगरपालिका सहित पर्साका ५ वटा स्थानिय तह अझै खुला दिशा मुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । जनप्रतिनिधिहरुको गैरजिम्मेवारीपन, चेतनाको कमि र स्थानियवासिन्दाको समेत चरमलापरवाहीले गर्दा अझै पर्साका ५ स्थानिय तह खुला दिशा मुक्त हुन सकेका छैनन् ।
यस अघि पर्साका १४ वटा स्थानिय तहमध्ये ९ वटा स्थानिय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । अहिले पर्सामा बाँकी रहेको ५ वटा स्थानिय तहलाई समेत खुल्ला दिशा मुक्त क्षेत्र घोषणा का लागि आवश्यक तयारी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नाराययण प्रसाद भट्टराइले बताउनुभयो ।
पर्साको सदरमुकाम बिरगञ्ज महानगरपालिका सहित, बहुदरमाई नगरपालिका, बिन्दबासिनी, धोबिनी र कालिकामाई गाउँपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साका इन्जिनियर रामहित यादबले जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिकाले असार मसान्त भित्रै आफना बाँकी रहेका वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय