spot_img

सुशील वनस्पति उद्योग वीरगंजमा भीषण आगलागी, १२ घंटा सम्म नियन्त्रणमा अाएन (फाेटाेफीचर)

spot_img
spot_img

वीरगंज — वीरगंजको एक उद्योगमा भीषण आगलागी भएको छ । वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब २ बजेबाट आगलागी भएको हो । आगलागी अहिले १ बजे सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रण गर्न वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको बारुणयन्त्रले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Image may contain: outdoor

आगलागी हुनुको कारण खुल्न सकेको छैन भने आगलागि मा अनुमानित २५ करोड भन्दा बढी को तयारी अवस्था मा रहेको रिफाइ तेलहरु १५० टन तोरी र त्यहा भएका पिनाहरु पुर्णरुप मा जलेर नस्ट हुनु को साथै कारखाना मा मा स्टोर गरेर राखिएको ५०० टन तोरी सही सलामत रहेको र कारखाना पुर्णरुप मा आग लागि मा ध्वस्त भएको त्यस कारखाना का प्रशासकिय अधिकृत बिमल शर्मा ले जानकारी दिनु भएको छ। 

Image may contain: outdoor

विद्युत सट भई सुरु भएको आगोलाई वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकल, स्थानीय, सुरक्षाकर्मीलगायतले नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्त राज शर्माले जानकारी दिए ।

 

No photo description available.

 

No photo description available.

Image may contain: one or more people

फाेटाे साभार ः सन्ताेष रन्जितकारकाे फेसबुक भित्ताबाट

spot_img

ताजा अपडेट

लोकप्रिय