spot_img

बीरगंजमा आकस्मिक रक्तदान, ४ महिला सहित ६२ जनाद्वारा रक्तदान

spot_img
spot_img

बीरगंज, २१ असार  —  आकस्मिक रक्तदाता क्लब बिरगंजको समन्वयमा क्रीकेटर महेन्द्र सिह धोनी फ्यान क्लब बिरगंज र आकस्मिक रक्तदाता क्लबको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
फ्यान क्लबका संयोजक बिक्की सरार्फ सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश २ का पत्रकार महासघ अध्यक्ष दिपेन्द्र चौहान,  नेपाल रेडक्र्स सोसाइटी प्रदेश २ का अध्यक्ष फुलमहम्मद मिया, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सामा अध्यक्ष शत्रुघन नेपाल, आकस्मिक रक्तदाता क्लबका संयोजक अरबिन्द सिंह, रेडक्र्स पर्साका अधिकृत उदयराज शर्मा, बिर्ता वडा प्रहरि कार्यालयका इन्चार्ज निशान थापा लगायतकाे उपस्थिती रहेकाे थियाे । 

कार्यक्रममा रोमि शाह, राजन गुप्ता, राजश्री चौरसिया, सुलभ स्वस्तिक, मनिस शाह, प्रेम पटेल, भिशा गुप्ता, बिराट गुप्ता, ओशम गुप्ता, बिकास चौहान, पप्पु यादव,  लगायत ४ महिला सहित ६२ जनाले रक्तदान गरेकाे राजनकुमार श्रीवास्तवले जानकारी दिनुभयाे ।

spot_img

ताजा अपडेट

लोकप्रिय