रामकिशोर चौधरी, अषाढ २३ — पर्साको सखुवाप्रसौनी गाउँपालिका आयोजनामा श्री दिपनारायण उच्च माध्यमिक विधालयको कक्षा हलमा बलाधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल,बिशिस्ट अतिथि उपाध्यक्ष फुलमती देवी चौधरी, सदस्य धर्मा साह, समाजिक विकास शाखा प्रमुख बिनोद यादव लगायतको उपस्थिति रहेकोे थियोे । सखुवा प्रसौनी गाउँपालिका भित्र रहेका ६वटा वडामा गठ्न भएको बाल क्लब बाल संञजालका बालबालिकाहरूको सहभागिता रहेको थियोे ।
बाल क्लबका पदाधिकारीहरूलाई बालाधिकार, बालविकास र महासन्धिका धाराहरु बारे जानकारी गराउनुको साथै बाल क्लबको काम, कर्तव्य र अधिकार बारे क्षमता अभिवृद्धि गर्नु यस तालिमको मुख्य उदेश्य रहेकोे छ । तालिममा ७०जना बालबालिकाहरु सहभागीहरु रहेको समाजिक विकास शाखा बिनोद यादव जानकारी गराउनु भएको छ।




