बीरगंज, २४ असार — आफ्नो वडा न. १० लाई हराभरा, स्वच्छ सुन्दर बनाऔँ भन्ने नारासहित मंगलवार बीरगंजको अशोकबाटिकामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिकाको सहयोग, जिल्ला युवा समिति पर्साको व्यावस्थापन र चेतनशिल मानब बिकास तथा संस्कृतिक रक्षक समाजको आयोजनामा बृक्षरोपण गरिएको हो ।
जिल्ला युवा समिति पर्साका अध्यक्ष सन्तोष कुमार गुप्ताको सभापतित्वमा भएको बृक्षरोपण कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अर्विन्दलाल कर्ण, वडा न. १० का अध्यक्ष रामनगिना शाह कानु, समाजसेवी हिरालाल शाह कान्ु, भरत शाह कानु, वडा सदस्य अर्विन्द साह, सन्तोषी खतिवडा, महिला समाजकी रुपा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा एरीका पाम, बोतल पाम, अशोक, कपुर, मोरपन्छी, नरीवल लगायतका प्रजातिका १५० बिरुवा रोपिएको आयोजकले जनाएको छ ।




