spot_img

प्रदेश सरकार आफनै स्वामित्वको बैंक स्थापना गर्दै

spot_img
spot_img

जनकपुरधाम, अषाढ २४ — प्रदेश नं. २ को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ ।
प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ ।

बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा. विरेन्द्र मिश्र, राष्ट्रबैंक जनकपुरको प्रतिनिधि,  आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत  र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन ।

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तैयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन । कार्यदलका संयोजक डा. हरिवंश झाले अवधारणा पत्र माथिको छलफल शुरु भै सकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय