अमिताभले फुर्सद हुँदा आफ्ना पुरानो जीवन र समय सम्झिने गर्छन् । अमिताभले हालै एक तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए ।
तस्वीरको क्याप्सनमा उनले लेखे, ‘एक तालिका, जसले तपाईंलाई नरोकिइकन काम गराइरहन्छ । जब तपाईंसँग समय हुन्छ, त्यतिबेला मैले अरु केही गरिन, तिनै पुराना दिन याद गरेँ ।’
अमिताभ अहिले ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अर्का अभिनेता आयुष्मान खुराना पनि छन् । उनी छिट्टै नै फिल्म ‘ब्रह्मास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् ।




