२४ असार — युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।
प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो । आफूलाई धर्ती माता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेकी थिइन्।
उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।




