spot_img

“तर्न नमिल्ने हेर्न मात्र मिल्ने ओडार खोलाको पुलका कारण स्थानीयलाई सास्ती “

spot_img
spot_img

असार २५,

बुधबार बिहान ज्ञानज्योती मावि घ्याङडाडाका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल ठोरी ३ बुद्धनगरबाट बिहान बिद्यालय जान घरबाट निस्किए तर ओडार खोला तर्न नसक्दा ऊनी घर फर्कन बाध्य भए ।ऊनी जस्तै काम विशेषले आउनुपर्ने सबै खोलामा आएको बाढीका कारण फर्कनु पर्यो।अझै यात्रु बोकेका यात्रुबाहक बस समेत खोला तर्न नसकेपछि घन्टौं कुरेर खोला तरे।खोलामा पुल त छ तर हेर्नको लागी मात्र ।करौडौको लगानीमा निर्मित पुल सन्चालनमा नआउँदा वर्षा सुरु भएपछि ठोरी ३ का स्थानीयले भोग्नुपर्ने सास्ती बढ्दो छ तर त्यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन।

बिरगंज ठोरी हुलाकी सडक खण्डमा निर्मित ठोरी गाउँपालिकाका ओरिया ,बिरे,सिकारीबास,रामनगर लगायतका खोलाका पुलहरु निर्माण सम्पन्न भएलगत्तै संचालनमा आएपनि उहि समयमा निर्माण सम्पन्न भएको पुल सन्चालनमा नआउँदा स्थानीयलाई बर्षातमा आउने बाढीका कारण ओहोरदोहोर हुन कठिन हुने गरेको छ।सीमा विवादका कारण उक्त पुल भन्दा धेरै पछि निर्मित ठुटेखोलाको पुलमा समेत पैदलयात्री र मोटरसाइकल ओहोरदोहोर गर्न मिल्छ तर ओडारको पुलबाट भने पैदल यात्री समेत ओहोरदोहोर गर्न सक्दैनन् ।Image may contain: outdoor, nature and water

२ बर्षअघि मोटरसाइकल र पैदल यात्री ओहोरदोहोर गर्न मिल्ने गरि पुल सन्चालनमा थियो तर बि.स.२०७४ को श्रावणमा आएको बाढीले पुलको एप्रोच नै भत्काएपछी अहिले खोलाको बीच भागमा पुल छ।
“अहिले त पुल ओहोरदोहोर गर्न भन्दा पनि खोलाको बीचमा हेर्न मात्र राखिएको जस्तो भयो ।”
स्थानीय सागर न्यौपानेले बताए ।
पुलको उचाई होचो भएको भन्दै पहिलेदेखि नै स्थानीय पुलका कारण वरपरका बस्ती नै जोखिममा रहेको भन्दै चिन्तित थिए ।बिरगंज ठोरी,सुवर्णपुरदेखि नारायणगढ काठमाडौ चल्ने यात्रुबाहक बस पुल भन्दा करीब १०० मिटर वरबाट नै खोला ओहोरदोहोर गर्ने गरेका छन् ।पछिल्लो समय हुलाकी सडक निर्माण कम्पनीले खोलाको बीच भाग गहिरो बनाउने भन्दै बीच भागमा गहिराएर खोला दोहन गरेपछि बाढी आउँदा खोला तर्न नै जोखिम भएको ज्ञान ज्योति माविका प्रधानाध्यापक ढुङ्गेलले बताए ।
एकातिर बाढीको डर अर्कोतिर खाल्डोमा परियो भने ज्यान नै जाने खतराका कारण खोला तर्न नै डर हुने गरेको ढुङ्गेलले दुखेसो पोखे ।खोलापारीका गाउँमा राति कोहि बिरामी पर्यो भने उपचार गर्न कसरी लैजाने भन्ने समस्याले स्थानीयलाई उत्तिकै पिरोलेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय