२६ असार — लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँहरू जलमग्न भएका छन् । कतिपय ठाउँहरु डुबानमासमेत पर्न थालेका छन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।
वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडककाे पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत जलमग्न भएकाे छ । त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।
केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने सक्ने उहाँले बताउनुभयो । ढलको निकास ब्यविस्थत नबनाइ सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो ।
विराटनगरका तीन दिनदेखि लगातार वर्षा भैरहेको छ ।




