spot_img

बागमती नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन आग्रह

spot_img
spot_img

काठमाण्डौ – लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बागमतीमा शुक्रबार पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गर्दै त्यहाँका बासिन्दालाई मोबाइलमा सन्देश समेत पठाइसकेको जानकारी दिनुभयो ।

यस्तै, शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन उहाँले अपील गर्नुभएको छ ।

झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय