spot_img

बर्षासँगै आएको बाढी पहिरोको कहर, हाल सम्म ११ जनाको मृत्यु

spot_img
spot_img

वीरगन्ज २७ असार –  अविरल वर्षासँगै आएको बाढी पहिरोले दशैभरीको जनजीवन प्रभावित भएको छ । यो समाचार तयार पर्दा सम्म पर्सा,रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र मकवानपुरमा गरी ११ जनाले जनाले ज्यान गुमाएका सकेको गृह मन्त्रालयले पुष्टी गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल र्पुयाएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । बर्षाका कारण वारा,पर्सा,रौतहट,मकवानपुर,सिरहा,सप्तरी,सर्लाही,मोपाल्पा,काठमाण्डौं,सुनसरी,महोत्तरी,पाँचथर,झापा,विराटनगर,चितवन लगायतका जिल्लाहरु जलमग्न भएको छ । तराईका जिल्लाहरुमा रहेका नदिहरुले आफ्नो बहाव परिवर्तन गरी वस्तीहरुमा प्रवेश गरेको छ ।

रौतहटमा लावकैया तथा वागमती नदि वस्तीमा प्रवेश गरेको छ । बढी प्रभावित वस्तीहरु अन्यत्र सारिएको छ । वाढी प्रभावित क्षेत्रहरुमा प्रहरी परिचालन गरिएको छ । बर्षाका कारण सप्तकोसीको बहाव पनि खतराको संकेत भन्दा माथी पुगेको छ । कोशी नदिमा पानी वहाव उच्च रहेको तथा सर्तक रहन स्थानिय प्रशासनले भनेको छ । देशको राजधानी काठमाण्डौं जोडने सबै राजमार्गहरु अवरुद्ध भएको छ । त्यसै गरी तराईका जिल्लाहरुमा पनि ग्रामिण इलाकाको सम्पर्क सदरमुकामसँग टुटेको अवस्था छ । सडकहरु टुटे पछि आवागमन अवरुद्ध भएको छ ।

विपद व्यवस्थापनको तयारी पुगेको देखिएको छैन् । सरकार बाढी प्रभावितलाई तत्काल राहत दिने कार्यमा चुकेको देखिएको छ । बारा,पर्सामा हावी हुरी प्रभावितहरुलाई सरकारले समयमै घर बनाएर दिन नक्दा प्रभावितहरु विच्चलीमा परेका छन् । बर्षायाम पानी त्रिपाल भित्र पस्दा प्रभावितहरुलाई निकै सास्ती भएको छ । बुढापाका,वालवालिका तथा गर्भवतीहरुको ज्यान जोगाउँन मुस्किल परेको प्रभावितहरुको भनाई रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय