spot_img

पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

spot_img
spot_img

२८ असार — अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। घरायसी कामले श्रीमान गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीको भनाई छ।

स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी बोलाइएको प्रहरीले जनाएको छ। राईको घर भिरालो जमिनमा थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय