spot_img

बाराका बाढी तथा डुबान पीडित २५० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

spot_img
spot_img

बीरगंज, २८ असार — बाराका बाढी तथा डुबान पीडित २५० घरपरिवारलाई सुरक्षित स्थानमा राखिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका र परवानीपुर गाउँपालिकाका विभिन्न गाउँबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखेका छन् भने स्थानीयले खानाको प्रबन्ध गरेका छन् ।

प्रहरीका अनुसार परवानीपुर गाउँपालिका–१ मा घर पछाडि नालीमा डुबेर बिकी यादवको मृत्यु भएको छ । पानी थुनिएका ठाउँहरुबाट निकास दिन स्थानीयले प्रयास गरिरहका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय