पर्सेली नायक युवराज केशरी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई तथा गायक कृष्ण काफ्लेको स्वर रहेको गीत ‘कुटु कुटु’ हाईलाइट्स नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

गीतकार नारायण कँडेलका शब्दहरुमा संगीतकार रेखा पौडेलले संगीत भर्ने काम गरेकी छिन् । सभ्यता इंटरटेनमेंट द्वारा निर्माण गरिएको सो गीतको भिडियोमा सभ्यता गिरी र युवराज केशरीको दमदार अभिनय रहेको छ।

राजेश श्रेस्ठद्वारा निर्देशित यस गीतको भिडियो कोरियोग्राफ़ी विकास गुरुंग र रोजिना गुरुंगले साथै सम्पादन तेनजिल लामाले गरेका हुन् ।

मुकेश हुमागाईको उत्कृष्ट छायांकनमा बनेको यो गीतको भिडीयो स्रोता दर्शक बिच अहिले भाईरल बनेको छ।सार्वजनिक भएको २४ घण्टा नपुग्दै यस भिडियोलाई १ लाखभन्दा बढील युट्युबमा हेरेका छन् ।
Video :




