spot_img

राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दनपत्र

spot_img
spot_img

काठमाडौं – आज असार २९ गत विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ती मनाइरहेका छन्। भानु जयन्तीकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम गरिएको छ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा गरिएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन्।

भानु प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मञ्च, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित सम्मान गरेको हो। त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे। त्यस अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राष्ट्रकवि घिमिरेको सु-श्वास्थ्य र सुदीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाए।

spot_img

ताजा अपडेट

लोकप्रिय