बीरगंज, २९ असार — राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको २०६ औ जन्मजयन्ती आज बीरगंजमा पनि कार्यक्रम गरी मनाइएको छ ।
भानुजयन्तीको अवसरमा लक्ष्मी साहित्य समाज ले बिशेष गरी विद्यार्थिहरुलाई साहित्यतर्फ उत्प्रेरीत गर्ने अभिप्रायले कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो । लक्ष्मी साहित्य समाजका अध्यक्ष एवम् सर्व राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक, सम्पादक महेशचन्द्र गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ साहित्यकार भवानी कार्की बाढी तथा डुबानका कारण बाटो अवरुद्ध भएकोले उपस्थित हुन नसकेपछि सांकेतिक रुपमा प्रसन्न पौडेललाई प्रमुख अतिथि बनाइएको थियो ।
सो अवसरमा बीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, शसस्त्र प्रहरी का प्रहरी नायब उपरिक्षक भिमबहादुर भिम बहादुर चौधरी, समाजसेवी पशुपति बिक्रम शाह, उशा शाह, पत्रकार महासंघ पर्साका शाखाका सभापति श्याम बन्जारा लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बीरगंजबाट प्रकाशीत सर्वराष्ट्रिय दैनिक पत्रिकाको ५ औँ बार्षिकोत्सव पनि मनाइएको थियो ।
कार्यक्रममा बिभिन्न स्कुलका विद्यार्थि तथा स्थानिय साहित्यकारहरुले सृजना बाचन गरेका थिए । कार्यक्रमको सहजिकरण सन्चारकर्मी उज्जवल शर्माले गर्नुभएको थियो ।




