spot_img

इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन

spot_img
spot_img

एजेन्सी,३० असार –  आिईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको रोमानचपूर्ण खेलमा सुपर ओभरमा जित दर्ज गर्दै आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको छ ।

सुपर ओभरमा इङ्ल्यान्डलेजस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो। सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हिर्कायो भने न्युजिल्यान्डले एक छक्का मात्र प्रहार गर्न सक्यो।

सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको हो। सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो। त्यसलगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो।

विश्वकपको १२औं संस्करणअघि अस्ट्रेलियाले कीर्तिमानी पाँचौं पटक उपाधि जितेको छ। यसैगरी भारत र वेस्ट इन्डिजले दुई(दुई पटक विश्वकप ट्रफी उचाल्दा पाकिस्तान र श्रीलंकाले एक(एक पटक उपाधि जितेका छन्।

न्युजिल्यान्डले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। इङ्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलरले अर्धशतकीय पाली खेले। ८६ रनमा चार विकेट गुमाइसकेको अवस्थामा स्टोक्स र बटलरले एक सय १० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए। स्टोक्सले अविजित ८६ र बटलरले ५९ रन बनाए।

यसैगरी जोनी बेयरस्टले ३६, जासन रोयले १७ र कप्तान इयोन मोर्गनले नौ रन बनाए। न्युजिल्यान्डका लुकी फर्गुसन र जेम्स निसामले तीन÷तीन विकेट लिए। यस्तै म्याट हेनरी र कोलिन डे ग्रान्डहोमले एक÷एक विकेट हात पारे। अ
ि
यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रनको योगफल बनाएको थियो। न्युजिल्यान्डका हेनरी निकोल्सले अर्धशतकीय पालि खेले। उनले ७७ बलमा चार चौकाको मद्दतमा ५५ रन बनाए। अन्तिम वलमा इङ्ल्यान्डलाई जितनको लागि दुई रन चाहिएकोमा एक मात्र बनाउँन सफल भए पछि खेल सुपर ओभरमा गएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय