केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।
ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए।
राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।
प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्।
अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।
ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्।
तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो।
महाभियोगको माग
पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्।
उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन्।
When @realDonaldTrump tells four American Congresswomen to go back to their countries, he reaffirms his plan to “Make America Great Again” has always been about making America white again.
Our diversity is our strength and our unity is our power. https://t.co/ODqqHneyES
— Nancy Pelosi (@SpeakerPelosi) 14 July 2019
संसद्मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन्।
ट्रम्पको उक्त ट्वीटको चौतर्फी आलोचना
Mr. President, the country I “come from,” & the country we all swear to, is the United States.
But given how you’ve destroyed our border with inhumane camps, all at a benefit to you & the corps who profit off them, you are absolutely right about the corruption laid at your feet. https://t.co/HLKQCotR8T
— Alexandria Ocasio-Cortez (@AOC) 14 July 2019
When I call the president a racist, this is what I’m talking about
We must stand together for justice and dignity towards all. https://t.co/lweeJk7NoF
— Bernie Sanders (@BernieSanders) 14 July 2019
So sad to see the Democrats sticking up for people who speak so badly of our Country and who, in addition, hate Israel with a true and unbridled passion. Whenever confronted, they call their adversaries, including Nancy Pelosi, “RACIST.” Their disgusting language…..
— Donald J. Trump (@realDonaldTrump) 15 July 2019
नेता बर्नी स्यान्डर्सले पनि ट्रम्प जातिवादी भएको आरोप लगाएका छन्। “न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ,” उनले लेखेका छन्।
ट्विटरमा प्रतिक्रिया दिँदै ट्रम्पले डेमोक्र्याटहरूले अमेरिकाबारे नराम्रो कुरा गर्ने मानिसलाई समर्थन गर्नु दु:खद भएको टिप्पणी गरेका छन्।
उनीहरूले आफ्ना विरोधीलाई “जातिवादी” भएको आरोप लगाउने गरेको ट्रम्पले लेखेका छन् – यदि डेम्रोक्याट्रिक पार्टीले त्यस्तो भाषा र गतिविधिको समर्थन गरिराख्छ भने २०२० को निर्वाचनमा भेटौँला।




