रौतहट , असार ३० गते —रौतहटमा भारी बर्षा पछि बाढी आएपछि सर्पको बिगबिगी बढेको छ । जिल्लामा दैनिक दर्जनौ मानिस सर्पले टोकेर अस्पतालमा आउन थालेका छन ।
जताततै पानी भएकाले सर्पहरु सुख्खा ठाउमा खोज्दै घरमा बस्ने र मानिसलाइ टोक्ने गरेको स्थानियले बताएका छन । सर्पको जोखिम बाढीको समयमा धेरै हुने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिदै आएका छन ।




