बीरगंज, ३० असार — वीरगन्जको आदर्शनगरका व्यापारीहरु डुबानका कारण भएको क्षतिको क्षतिपुर्ति माग गर्दै आन्दोलनमा जाने घोषणा गरेका छन् ।
आदर्शनगरको क्लासिक होटेल अगाडी सडक पेटीमै सोमवार बिहान आयोजित पत्रकार सम्मेलन मार्फत व्यावसायिहरुले वीरगन्ज महानगरपालिकाको विरुद्धमा सयौ व्यापारीहरु आन्दोलनमा जाने भएका हुन् । वीरगंज आदर्शनगरका व्यापारीहरु अविरल वर्षाको कारणले गर्दा पीडित भएका छन् । महानगरपालिकाले पानीको उचित निकास तर्फ ध्यान नदिएको कारणले गर्दा करोडौ मुल्य बराबरको पसल तथा गोदामका सामाग्रीहरु नष्ट तथा काम नलाग्ने भएको व्यापारीहरुले बताएका छन् ।
एसीयाली बिकास बैंक को सहयोगमा सन्चालित बिकास निर्माणका कार्यहरुमा कमीसनको खेलमा त्रुटिपुर्ण नाप नक्सा भएकोले आदर्शनगरमा बढी क्षती भएको व्यापारीहरुले दुखेसो पोखेका छन् ।
बाँके बिहारी इन्टरप्राइजेजको २५ लाख, जेपि इन्टरप्राइजेजको ५ लाख, आइनेट कम्प्युटर डिष्ट्रीब्युटरको ४० लाख लगायत का अन्य २ सय ५० भन्दा बढी पसल तथा गोदाममा गरी करोडौको क्षति भएको ब्यापारीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा सचिन खेतान, बिकास खेतान, सुशिल खेतान, मनोज शर्मा, टिपु टिवडेवाल लगायतले मनतव्य व्यक्त गरेका थिए । व्यापारीहरुको करोडौको क्षति हुँदा पनि हाल सम्म बीरगंज उद्योगा बाणिज्य संघ, नगरपालिका महानगरपालिकाको कार्यालय, स्थानिय प्रशासन, कसैले पनि यँहाको अवस्थाको बारेमा जानकारी लिन तथा सान्तवना दिन पनि नआएको भन्दै व्यापारीहरुले आक्रोश पोखेका छन् । उद्योगा बाणिज्य संघ ठुला व्यापारीहरुका लागि मात्रै भएको तथा बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी महाभ्रष्ट रहेको व्यापारीहरुले आरोप लगाएका छन् । गत बर्ष मेयर सरावगीले आगामी बर्षदेखि डुबानको समस्या समाधान हुने झुठो आश्वासन बाँडेको भन्दै नाला निर्माण पछि आर्दश नगर झनै डुबानमा पर्ने गरेको आदर्शनगरका व्यापारीहरुले बताएका छन् ।

बीरगंज उद्योग संघ का अध्यक्ष गोपाल केडियाले उद्योग बाणिज्य संघमाथि लगाइएको आरोपको खण्डन गर्दै व्यापारीहरुको क्षतिपुर्ति को भर्पाइ गराउन बीरगंज उद्योग बाणिज्य संघ गम्भिर रहेको बताउनुभयो । उहाँले म आफै श्रमजिवि सानो व्यापारी रहेकोले साना ब्यापारीहरुको पिर मर्का बुझेको बताउनुभयो । उहाँले पुर्व अध्यक्ष ओमप्रकाश शिकारीया, तथा आर्दशनगरका पसले व्यापारीहरु सँग फोन सम्पर्क गरेर क्षतिको बिबरण संकलन गर्ने बारे छलफल गरेको दावि गर्नुभयो । अध्यक्ष केडियाले व्यापारीहरुको क्षतिको भर्पाइ गर्न डेलिगेसन लिएर जानुपर्ने भएपनि पछि नहटने स्थानिय बिकास मन्त्रालय तथा मुख्यमन्त्रिको कार्यालय सम्म व्यापारीहरुको पिर मर्का पु¥याउने ठोकुवा गर्नुभयो ।
आदर्शनगरका व्यापारीहरुले अण्डरग्राउण्ड नालाको नाम नक्सा नै त्रुटिपुर्ण रहेको तथा निर्माण कार्यमा ठुलो आर्थिक चलखेल भएको कारणले गर्दा डुबानको समस्या घट्नुको सट्टा झनै बढेको बताएका छन् । त्यसकारण यदि त्रुटि भएको हो भने उच्चस्तरीय छानविन समिति गठन गरी निर्माण कार्यको छानविन गर्नुपर्छ र निर्माण कम्पनी दोषि देखिए कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । तर यता कालिका कन्स्ट्रक्सनमा कार्यरत ठाकुर ढकालले नालाको काम जसरी भएपनि पानी बगाउने नै भएको बताउँदै नदिको बहाव ओभरफ्लो भयो भने नालाको पानी सहरमा छिर्नु स्वभाविक भएको बताउनुभयो । नाला निर्माणको काम सम्पन्न भइ बीरगंज महानगरपालिकालाई १ बर्ष पहिला नै हस्तानान्तरण भइसकेको बताउँदै उहाँले हाम्रो तर्फबाट गर्ने काम केही बाँकी छैन नगरपालिकाको तर्फबाट बाँकी छ भने नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।
बीरगंजमा अण्डरग्राउण्ड नाला निर्माणको क्रममा ठाउँ ठाउँमा अधुरा निर्माण गरिएको, घरमुनिबाट गएको, नालाहरु को अवस्था पुरानै अवस्थामा रहेको छ । बीरगंज आदर्शनगरमै क्लासिक होटेल हुँदै बाणिज्य बैंक, हरीखेतान कलेज, मुनी भएर बगेको नालाको निर्माण कार्य गरिएको छैन । त्यसैगरी हरीखेतान क्याम्पस अगाडी बनाइएको बाल उद्यान मुनी पनि नाला लाई साँघुरो पारिएको स्थानिहरुको भनाइ रहेको छ ।
राजनितिक पहुँच, पैसा र दम्भको भरमा नाला निर्माण कार्यमा ब्यापक त्रुटि गरिएको आदर्शनगरबासिको आरोप छ ।




