spot_img

कुलेखानीको पानी टर्वाइनबाट घटाइने, ड्याम नखोलिने

spot_img
spot_img

हेटौंडा – मकवानपुरस्थित इन्द्रसरोवर जलाशय (कुलेखानी ड्याम) को पानी १ हजार ५ सय २६.५ मिटर सतहमा पुगेको छ। पानी भरिएपछि ड्यामको ढोका खोल्ने तयारी गरिएको थियो ।

ड्यामको क्षमता भन्दा ४ मिटर मात्रै कम पानीको सतह आइसकेको छ। सोमबारदेखि पानीको सतह बढ्ने क्रम घटेकोले ड्यामको ढोका नखोल्ने बताइएको छ ।  यसअघि प्रशासनले सोमबार बिहान ८ बजे कुलेखानीको ड्याम खोलिने जनाएको थियो। विद्युत प्राधिकरणको निर्देशन नआइपुग्दा सुरक्षा निकाय कुरेर बसेको थियो ।

ड्यामका ढोका खोलेर पानी प्रतिघण्टा ५ सेमीका दरले सतह घटाउने तयारी थियो। तर प्राधिकरणले टवाईनबाट सतह नियन्त्रित रुपमा  घटाउन सक्ने बताएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

चार वर्षअघि १ हजार ५ सय २८ मिटर हाइट पानीले भरिँदा ड्याम खोलिएको थिएन ।  कुलेखानी क्षेत्रमा रातिदेखि वर्षा रोकिएको छ । तर पनि थाहा नगरपालिकाको पालुङ, दामनलगायत क्षेत्रमा भारी वर्षाले जलाशयको सतह बढेको हो ।

जलाशयमा पानीको मात्रा बढेपछि सोमबार विहानैबाट कुलेखानी प्रथम र दोस्रो सबै टर्वाइन चलाइएको छ ।

अहिले कुलेखानी प्रथमले ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन गरिरहेको छ। यसअघि समय समयमा मात्रै सबै टर्वाइन घुमाउने गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय