spot_img

दिनमा क्याम्पस, रातमा यौन व्यवसाय

spot_img
spot_img

एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने इटावामा प्रहरीले ठूलो संख्यामा देह व्यापारमा लागेका बालिका नियन्त्रणमा लिएको छ । दिनभर विद्यालय र क्याम्पसमा जाने बालिका रात परेपछि विभिन्न ठाउँमा देह व्यापारमा लागेको पत्ता लागेपछि उत्तर प्रदेश पुलिसले छापा मारेको थियो ।

इटावाबाट दर्जनौं बालिकालाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाइएको अधिकारीहरुले बताएका छन् । प्रहरीले देहव्यापारमा लागेका बालिकासंगै केही युवकलाई पनि पक्रेको छ । एसएसपी सन्तोषकुमार मिश्राले मसाज पार्लर नजिकै देहव्यापार गरेको जानकारी आए लगत्तै छापा मारेको बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार केही व्यक्तिले घर भाडामा लिएर यौन व्यवसाय चलाएका थिए । बालिकाहरु अधिकाँस विद्यालय र क्याम्पसमा पढ्नेहरु रहेको सुरक्षा अधिकारीको दावी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय