spot_img

मौलिक सांगीतिक रियालिटी शो ‘नेपाल लोक स्टार’, ड्रेसलाई लिएर कमेन्ट

spot_img
spot_img

३१ असार — पहिलो पटक सुरु भएको मौलिक सांगीतिक रियालिटी शो ‘नेपाल लोक स्टार’को जज राउन्ड चलिरहेको छ । जज राउन्ड चलिरहँदा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रियाहरु आइरहेको आयोजकले जनाएको छ ।

“अडिसनमा आएका सबै प्रतिस्पर्धीलाई कमेन्ट नगरेको भन्ने र निर्णायकले लगाएको ड्रेसलाई लिएर कमेन्ट आइरहेका छन्,” नेपाल लोक स्टारका आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले भने, “पहिलो पटक मौलिक संगीतको संरक्षणका लागि यति ठूलो रियालिटी शो सञ्चालन गर्नुभएको सकरात्मक पक्ष भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्दै आउनु भएको छ । सकारात्मक प्रतिक्रियालाई आत्मसात् गर्दै जानेछौं ।

कोइरालाले थपे, “हाम्रो फर्म्याटभित्र नपरेकाले निर्णायकले धेरै कमेन्ट नगर्नु भएको हो । अघिल्लो चरणमा जानेलाई मात्रै कुनकुन पक्षमा कमजोरी छ, त्यसमा सुधार गरेर अगाडि बढभन्ने ‘शो’को फर्म्याट हो ।”

जज राउन्डमा अहिले अफिस र स्टुडियोको फर्म्याटमा ‘नेपाल लोक स्टार चलिरहेको छ । प्रतिस्पर्धीले अफिसमा उभिएर गीत गाउँछन् र उनले चारै जना निर्णायकबाट कम्तीमा चारै जनाबाट  चार–चार स्टार पायो भने मात्रै मेगा अडिसनमा प्रवेश पाउँछन् । त्यसपछि मात्रै स्टुडियोको ढोका खुल्छ ।

साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन हुँदै अहिले जज अडिसनमा आइपुगेको नेपाल लोक स्टार अब मेगा अडिसनमा प्रवेश गर्नेछ । जज राउन्डबाट मेगा अडिसनका लागि १०९ जना छनोट हुनेछन् । छ वटा श्रृंखला प्रशारण भइसकेको छ । सातौं श्रृंखालासम्म जज राउन्ड चल्नेछ भने आठौं श्रृंखला मेगा अडिसन हुनेछ । मेगा अडिसनबाट २० जना छनोट हुने फर्म्याट भए पनि निर्णायकले सम्भावना बोकेका थप पाँच जना प्रतिस्पर्धीलाई अगाडि बढाउने छन् । अहिलेसम्म तीन जनाले गोल्डेन स्टार पाइसकेका छन् । गोल्डेन स्टार पाउनेले सिधै उत्कृष्ट २० मा प्रवेश पाउने छन् ।

नवौं श्रृंखलाबाट पाँच जना बाहिरिएर २० जना बाँकी रहनेछन् । यसलाई टप ट्वान्टी स्थापित गर्ने श्रृंखला भनिने छ ।उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहनेछ । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फर्म्याट यही रहनेछ । उत्कृष्ठ पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् ।

एपीवान एचडी टेलिभिजनबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ । कार्यक्रमको ३६ औं श्रृंखला ग्रान्ड फिनाले हुनेछ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय