spot_img

४० करोड २० लाख बराबरको बजेट पारित गर्दै ठोरी गाउपालिकाको तेस्रो गाउँसभा सप्पन्न

spot_img
spot_img

४० करोड २० लाख ४१ हजार ८ सय ५० रुपैयाँ बराबरको बजेट पारित गर्दै ठोरी गाउँपालिकाको तेश्रो गाउँसभा आज सम्पन्न भएको छ ।
ज्ञानज्योति माध्यमिक विद्यालयमा ठोरी ४ घ्याङडाँडामा आयोजित तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष शान्तिमाया थिङले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गर्नु भएको थियो ।
आज पारित भएको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण र सशर्त अनुदान समेत गरी २४ करोड ७ लाख रुपैयाँ, स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा २५ लाख ४७ हजार ८ सय ५० रुपैयाँ, राजश्व बाँडफाँटतर्फ ५ लाख ७० हजार रहेको छ । त्यस्तै प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा २ करोड ५ लाख ५९ हजार, बहुक्षेत्रिय पोषण अनुदानबाट १२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्ताबाट ५ करोड र गत वर्षको बाँकी नगद मौज्दात ३ करोड ५० लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा उल्लेख गरिएको छ । त्यस्तै वडा अध्यक्ष किशोर तामाङले प्रस्तुत गरेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विद्येयक र उपाध्यक्ष थिङले नै प्रस्तुत गरेको आर्थिक वर्ष २०७६र०७७ को सेवा तथा कार्यका लागि स्थानीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विद्येयक २०७६ सर्वसम्मतले पारित गरेको छ । सोमबारदेखि सुरु भएको गाउँपालिकाको पहिलो दिन नीति तथा कार्यक्रम सर्वसम्मतिलेपारित भएको थियो । गाउँसभाको दोश्रो दिन आज पहिलो सेसनमा ठोरी गाउँपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरु, गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा एस.इ. इ. मा ठोरी गाउापालिकाबाट उत्कृष्ट नम्बर ल्याउने छात्र र छात्रालाई सम्मान पनि गरिएको थियो । ठोरी गाउँपालिकाको उत्कृष्ट स्वयम्सेविका हरुमा ठोरी स्वास्थ्य चौकीबाट टीका अधिकारी, निर्मलबस्ती स्वास्थ्य चौकीबाट पट्टुमाया श्रेष्ठ र सुवर्णपुरबाट कवितादेवी सुनारलाई प्रशंसापत्र सहित नगदद्धारा सम्मान गरिएको थियो । गाउँपालिकाकै उत्कृष्ट स्वयम्सेविकाको पुरस्कार भने ठोरी ५ सुवर्णपुरकी कान्छीमाया लामालाई प्रदान गरिएको थियो । यस्तै ठोरी गाउँपालिकाकै उत्कृष्ट कर्मचारी बर्ष पुरस्कार गाउँँपालिकाका कर्मचारी नवीन अधिकारीलाई प्रदान गरिएको छ । एसइइको उत्कृष्ट छात्र श्री मावि विजयबस्तीका सुदिप श्रेष्ठ, छात्रातर्फ प्राविधिक मावि दिपकनगरकी अञ्जु अधिकारी र प्राविधिक तर्फ प्राविधिक मावि दिपकनगरकै रामविनोद पण्डितलाई नगद ५ हजार संहित सम्मान गरिएको छ । ठोरी गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तरगत ८४ वर्ष नाघेका ठोरी गाउँपालिका भित्रका बृद्धहरुलाई बार्षिक ५ हजार दिने नीति अनुरुप केही बृद्धहरुलाई आज उक्त रकम सहित सम्मान पनि गरिएको थियो ।Image may contain: 2 people, people smiling, people standing
कार्यक्रममा गाउँकार्यपालिकाका सदस्यहरु, सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय