spot_img

मुम्बई आक्रमणका आरोपी हाफिज सइद पाकिस्तानमा पक्राउ

spot_img
spot_img

सन २००८ मा मुम्बईमा भएको आक्रमणको नाइके मानिएको हाफिज सइदलाई बुधवार पाकिस्‍तानमा पक्राउ गरिएको छ।

सइदलाई पाकिस्तानको गुजरनवाला क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ। उनी विरुद्ध गैर कानूनी ढंगले रमक उठाएको आरोप लगाइएको छ।

१६० जना भन्दा बढीकव मृत्यु हुने गरि भएको मुम्बई आक्रमणका आरोपी सइदलाई भारतले पक्राउ गर्न पाकिस्तानलाई बारम्बार आग्रह गर्दै आएको थियो। तर, पाकिस्तानले भने प्रमाणको अभाव भन्दै सइदलाई समयसमयमा नजरबन्दमा राख्दै मात्र आएको थियो।

तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणका लागि उड्न केही दिन बांकी रहँदा सइद लाई एक्कासी पक्राउ गरिएको रोउटर्सले जनाएको छ।

पाकिस्तानमा बसेर आतंकवादी गतिविधि गरिरहेको आरोप लागेका सइदलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ। सइदका बारेमा सूचना दिनेलाई अमेरिकाले १० मिलियन अमेरिकी डलर पुरस्कार समेत घोषणा गरेको छ।

अमेरिकाले आतंकवादीको सूचीमा राखेको सइद ‘लश्कर ए तैबा’ नामक लडाकू समूहका संस्थापक नेता हुन्।  यद्यपि, सइदले भने मुम्बई आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै भारत विरुद्ध प्रचार प्रसार गर्दै आएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय