spot_img

फोटोमा हेर्नुस्— फिफा विश्वकपको दोस्रो चरण छनोट खेल्न तयारी गर्दै नेपाली टोली

spot_img
spot_img

काठमाडौं— सन् २०२२ मा एसियाली राष्ट्र कतारमा हुने फिफा विश्वकपको लागि नेपालले सिधै एसियालि क्षेत्रको दोस्रो चरणको छनोट खेल्नेछ। फिफा वरीयतामा अघिल्लो महिना एसियाली राष्ट्रमध्ये शीर्ष ३४ मा परेपछि नेपालले पहिलो चरणको छनोट खेल्नु परेन।

त्यसैले दोस्रो चरणको छनोटका लागि नेपालि टोली अहिले तयारीमा व्यवस्त छ। मुख्य प्रशिक्षक स्विडिस योहान कलिन र नेपालकै किरण श्रेष्ठले अहिले टिमलाई प्रशिक्षण दिइरहेका छन्।

विश्वकप छनोटको ड्र पनि आजै सार्वजनिक हुँदैछ।

एसियाको दोस्रो चरणको खेलहरु आगामि सेप्टेम्वरदेखि २०२० जुन सम्म सञ्चालन हुनेछ। नेपालले यस पटक ठूला राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने पक्का छ।

एसियाका ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरेर ड्र हुनेछ। एउटा समूहमा ५ टोली रहनेछन्।

विश्वकप छनोटको लागि ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा रहेको मैदानमा नेपालि खेलाडीहरु अहिले कडा प्रशिक्षण गरिरहेका छन्।

PHOTO : ANFA

spot_img

ताजा अपडेट

लोकप्रिय