बीरगंज, २ साउन — जबरजस्ति करणी मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
मकवानपुर घर भई हाल बीरगंजको घण्टाघर स्थित चण्डी प्रसाद गण मा लेखापालको रुपमा कार्यरत दुर्गा तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पक्राउ परेका तिमल्सिनामाथि थप अनुसन्धानको लागि लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जनाएको छ ।




