साउन-२
मावि बिजयवस्तीले २०७५ सालको SEE परिक्षामा ठोरी गाउँपालिकाको नै प्रथम(उत्कृष्ट) भएका छात्र सुदिप श्रेष्ठलाई ५ हजार नगद सहित सम्मान गरेको छ । बिद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठले नगद पुरुस्कार स्वरुप रु ५०००/- सहित सम्मान गर्नु भएको हो । बिद्यालयद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले आउने २०७६ सालको SEE परिक्षामा ठोरी गाउँपालिकामा नै उत्कृष्ट बिद्यालय हुने अभियानमा बिद्यालय हिडिरहेको र त्यसको लागि कक्षा १० का बिद्यार्थीहरु अनुशासित भएर कडा मेहनत साथ अध्ययन गर्न अनुरोध गर्दै आफुहरुले पनि पढाईको राम्रो वातावरण सृजना गर्न सक्दो सहयोग गर्ने बताउनु भएको थियो । त्यस्तै बिद्यालयका प्रअ नारायण लामाले मावि बिजयवस्तीको सामुहिक प्रयासको यो परिणाम रहेको बताउनु भयो । मावि बिजयवस्तीको गुणस्तरीय शिक्षाको यो सुरुवात मात्र भएको हुदा आउदा दिनहरुमा सवैको सहकार्य र सहयोगको आवश्यक्ता रहेको बताउदै छात्र सुदिप श्रेष्ठलाई बिद्यालयको तर्फवाट हार्दिक बधाई तथा शुभकामना रहेको पनि बताउनु भएको थियो । त्यस्तै मावि बिजयबस्तिकै शिक्षक छोटेलाल साह र सन्तोष श्रेष्ठले पनि सम्मान कार्यक्रमलाई सम्वोदन गर्दै बिद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। बिद्यालयले सम्मान गरेपछि बिद्यार्थी सुदिप श्रेष्ठले आफूलाई थप पढन हौसला थपेको बताएका छन । सम्मान कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक तथा बिद्यार्थीको उपस्थिती रहेको थियो ।




