spot_img

बलत्कार आरोपमा प्रहरी सहाय निरिक्षक पक्राउ

spot_img
spot_img

रौतहट,३ साउन –  वालिकालाई बलत्कार गरेको आरोपमा प्रहरी नै पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बलत्कार अरोपमा पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका निवासी प्रहरी सहायक निरीक्षक साह माथि गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साह विबाहित छन् । घटनाको सत्य तथ्य के बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय