spot_img

बीरगंजको त्रिजुद्ध स्कुलमा इन्जिनियर दिवस मनाइयो (फोटोफिचर)

spot_img
spot_img

बीरगंज, ३ साउन — नेपालकै दरवाइ हाइस्कुल पछाडीको दोस्रो जेठो विद्यालय श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यामिक विद्यालयमा प्राविधिक तर्फका विद्यार्थिहरुको आयोजनामा आज इन्जिनियर दिवस मनाइएको छ ।

बिद्यालयका प्राधानाध्यापक हरेन्द्र कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इन्जिनियर एशोसियनका प्रदेश न. २ का सदस्य इन्जिनियर राम नरेश यादब, नेपाल इन्जिनियर एशोसियन बीरगंजका अध्यक्ष बिनोद यादब, बीरगंज महानगरपालिका वडा न. ४ का अध्यक्ष जगत साह कानु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार, शिक्षक रवि चौरसीया, इन्जिनियर पत्रकार सूर्य नारायण बि.क., मुन्नी देब गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको विद्यालयका सिभिल बिभागका प्रमुख इन्जिनियर राजेश यादबले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यार्थिहरुले सिभिल इन्जिनियरसँग सम्बन्धि बिभिन्न प्रोजेक्टहरु निर्माण गरी प्रदर्शनीमा राखेका थिए । साथै बिद्यार्थिहरुले बिभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजिकरण विद्यार्थिद्वय आदीत्य मलिक र अजय साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय