spot_img

स्वास्थ्य चौकी इन्चार्जलाई साइकल तथा ल्यापटप वितरण

spot_img
spot_img
पर्सा ३ साउन – पर्साको पर्टेवा सुगौली गाउँपालिकाले गाउँपालिकाका स्वास्थ्य चौकीलाई एक थान साइकल र एक थान ल्यापटप विरण गरेको छ । स्थास्थ्य चौकीका इन्चार्जलाई एक कार्यक्रमको विच साइकल र ल्यापटप वितरण गरिएको स्वास्थ्य महाशाखाका पर्टेवा सुगौलीका प्रमुख भुजेन्द्र प्रसाद यादवले बताउनु भयो । गाउँपालिकाको ५ वटै वडाहरुमा रहेको स्वास्थ्य चौकीलाई गरी ६ थान ल्यापटप र ६ थान साईकल वितराण गरिएको छ ।
स्वास्थ्य चौकीका इन्चार्जहरुलाई स्वास्थ्य सम्बन्धि डाटाहरु तयार गर्न तथा कार्यालय आउँन जानको साथै खोप कार्याक्रममा सहज हुने उदेश्यका साथ ल्यापटप र साइकल वितरण गरिएको गाउँपालिका सूचना प्रबिधि तथा आईटी प्रमुख सोलेन्द्र पजियारले वताउनु भयो । एक कार्यक्रमको विच स्वास्थ्य चौकी इन्चार्जहरुलाई साइकल तथा ल्यापटप वितरण गरिएको तथा साइकल वितराण गरिएको स्वास्थ्य महाशाखाका सह संयोजक जगरनाथ साहले वताउनु भयो । साइकल तथा ल्यापटप प्राप्त गरे पछि स्वास्थ्य चौकी इन्चार्जहरुले काममा निकै सहज हुने तथा स्वास्थ्य सम्बन्धि डाटा समयमै तयार गर्ने प्रतिब्धता जनाएका छन् ।
साइकल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरीको विशेष सहयोग रहेको थियो । गाउँपालिकाले स्वास्थ्य सेवालाई चुस्तदुस्त बनाउँने जनाएको छ ।
spot_img

ताजा अपडेट

लोकप्रिय