शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

आफ्ना कारण विमान ढिलाइ हुँदा पर्यटन मन्त्री भट्टराईले मागे माफी, आखिर भएकाे के हाे ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, २९ भदाै — नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण ढिलाइ भएकाे भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै दुर्व्यवहार गरे । शनिबार साँज विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएपछि साे घटनाबारे मन्त्री भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

- Advertisement -

मन्त्री भट्टराईले आफ्ना कारण विमान ढिलाई भएर यात्रुहरुमा पर्न गएकाे असुविधाप्रति माफी मागेका छन् ।

‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो,’ मन्त्री भट्टराईले आफ्नाे कमजाेरी स्वीकार्दै भनेका छन्, ‘कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडाैँ फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।’

- Advertisement -

आफू जसरी पनि काठमाडाैँ फर्कनुपर्ने दबावमा रहेकाे बताउँदै उनले नेपालगंज विमानस्थलमा आफ्ना विरुद्ध ३/ ४ जना ब्यक्तिहरु आक्रमक शैलीमा प्रस्तुत भएकाे बताएका छन् ।

‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने,’ उनले आफ्नाे फेसबुकमा लेखेका छन्, ‘त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

के भएकाे थियाे ?

मन्त्रीका कारण केही समय विमान ढिलाइ भएकाे भन्दै आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौज गरेका थिए । उनीहरुले विमानभित्रै मन्त्री भट्टराईमाथि हातपात प्रयास समेत गरे ।

आफूहरुले गरेकाे साे दुर्व्यवहारप्रति गर्व व्यक्त गर्दै शाहीले लेखेका छन्, ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्ट मा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो, बिचरा मन्त्रीज्यु मुसो लुके जसरी लुक्नुभो । अब नागरिक सचेत भैसके, अरिङगालका दिन गन्ती सुरु ।’

नेपालगन्ज शनिबार नै आयाेजित एक भ्रष्टाचार विरोधी कार्यक्रम सकेर शाही पनि साेही बुद्ध एयरकाे फ्लाइटबाट काठमाडौं फर्कन लागेका थिए । धनगढीकाे कार्यक्रम सकेर आएका मन्त्री भट्टराईलाई शाहीको टोलीले विमानभित्रै गालीगलाैज गर्नुका साथै थर्काएको भिडियोहरु शाहीकै फेसबुकबाट बाहिर आएकाे छ ।

साे भिडियाे सुन्न सकिन्छ- ‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ?’ यसरी हप्काइदप्काइ गर्दा समेत मन्त्री मुसुमुसु हाँसेकाे देखिन्छ । तर उनकाे अनुहारमा लज्जा वा अपमानबाेध प्रस्ट झल्किन्छ । उनी केही बाेल्दैनन् । तर उत्तेजित समूह झन चर्का कुरा गर्छ र भन्छ- ‘संस्कृति मन्त्री भएर संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन । हामी सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं… ।’

शाही लगायतकाे विराेधी समूहले विमान १ घण्टा ढिलाे गरेकाे बताए पनि स्वयं मन्त्री लगायत अन्यहरुले भने जम्मा १५ मिनेट ढिलाे भएकाे बताएका छन् । याे घटनापछि मन्त्रीकाे विराेध र बचाउमा दुवैथरीका तर्क-वितर्क र आलाेचना भइरहेकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार