बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

नेपाल र बंगलादेश विकासको सहकार्यमा, भोलिदेखि बंगलादेशी राष्ट्रपति हमिद ४ दिने नेपाल भ्रमणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २५ कात्तिक

- Advertisement -

दक्षिण एसियाका दुई मुलुक नेपाल र बंगलादेशबीच न्यानो सम्बन्ध रहदै आएको छ । विकासका मार्गमा युद्धरत दुबै मुलुकबीच धेरै अर्थमा समानता पनि पाइन्छ ।

पछिल्लो समय यी दुबै देशले एक अर्काको विकास र समृद्धिको यात्रामा एक अर्कालाई सहयोग पुग्ने गरी बिभिन्न सम्झौताहरु समेत गर्दै आएका छन् । यही मेसोमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबारदेखि नेपालको ४ दिने भ्रमण गर्दैछन् । नेपाल र बंगलादेश एक–अर्कासँग सडक सञ्जाल र विद्युतबाट जोडिन चाहन्छन् ।

- Advertisement -

विभिन्न संयन्त्र मार्फत दुई देशबीच छलफलहरु भएका छन् । यी दुई महत्वपूर्ण विषयलाई औपचारिकता दिनेगरी उच्चस्तरीय भ्रमणको आवश्यकता ठानियो । यीनै पृष्ठभूमिमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले चार दिने नेपाल भ्रमण गर्दैैछन् । बंगलादेश स्थापना भएदेखि नै दुईदेशबीचको उच्चस्तरीय भ्रमण हुन सकेको छैन । यसलाई हमिदको भ्रमणले चिरेको छ । त्यसैले पनि यो सद्भावना भ्रमण महत्वपूर्ण मात्र नभई दुईदेशबीचको सम्बन्ध विस्तारमा कोशेढुंगा सावित हुने आंकलन गरिएको छ ।

मंगलबारदेखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हो । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो, नेपाल । नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएपछि सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश नेपाल हो । तर, ३ दशकदेखि दुवैदेशबाट उच्चस्तरीय राजनीतिक भ्रमण नभएपनि सार्क सम्मेलनका समयमा भने भ्रमण भएका छन् । त्यसैले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिइएको छ ।

बंगलादेशी राष्ट्रपति हमिदको चार दिने भ्रमण तालिका –

मंगलबार :

अपराह्न १ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने
प्रधानमन्त्रीसँग  बालुवाटारमा भेटवाता गर्ने
राजनीतिक भेटघाट गर्ने

बुधबार :

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारको अवलोकन गर्ने
काठमाडौंका अन्य मन्दिरको अवलोकन गर्ने
नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।

बिहीबार :

पर्यटकीय नगरी पोखराको भ्रमण गर्ने
पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुने
नेपालमा रहेका बंगलादेशका नागरिकसँग कुराकानी गर्ने

शुक्रबार :

काठमाडौंको चन्द्रागिरी हिल्सको अवलोकन गर्ने
साँझ ५ बजे स्वदेश फर्कने
भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिनुका साथै ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने सहमति हुनेछ । यस्तै, भ्रमणका बेला त्रिदेशीय अर्थात नेपाल, भारत र बंगलादेशसँग सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने बताइएकोे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार