मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

वीरगंजका एक जनालाई कोरोना संक्रमण

सिफारिस

काठमाडौं । वीरगंजका एक जना व्यक्तिमा कोरोना संक्रमण (कोभिड १९) देखिएको छ । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचाररत ६७ वर्षीय शिव कुमार रुंगटालाई कोरोना संक्रमण पुष्टि भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले बताएका छन् ।

- Advertisement -

वीरगंज घर भएका रुंगटा खदान व्यवसायी भएको यादवले फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । संक्रमित रुंगटा श्रीलंकाबाट फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

- Advertisement -

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -