मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

रेडक्रस ठोरी उपशाखाद्वारा राहत सामग्री सहयोग

सिफारिस

ठोरी ९ चैत

- Advertisement -

ठोरी गाउँपालिका वडा नं १ भगवान नगर टाँडी स्थित सिङ्गे पर्वतमा गत ७ गते शुक्रबार भएको आगजनीबाट पीडित पाँच घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा ठोरीले राहत सामग्री उपलब्ध गराएको छ।
उपशाखाका सभापति प्रकाश खनालको नेतृत्वमा राहत सामग्री लिएर गएको टोलिले आगजनीबाट पीडित पाँचै घरपरिवारलाई त्रिपाल , कम्बल , भाँडाकुँडा ,लत्ताकपडा सहितको सामग्री दिएर सामान्य मलम लगाउने कार्य गरेको रेडक्रस ठोरी उपशाखाका सभापति प्रकाश खनालले जानकारी दिए।
सभापति खनालले यति राहत सामग्रीले मात्र पर्याप्त नहुने बताउँदै अन्य दातृसंघसंस्थाको पनि ध्यानाकर्षण हुनुपर्ने बताए।
राहत हस्तान्तरण कार्यक्रम ठोरी गा पा वडा नं १ का वडाध्यक्ष रामप्रकाश कुँवरले मानवीय सेवामा रेडक्रसले पुर्याउने कार्यको प्रशंसा गर्दै गाउँपालिकासँग पनि राहतको बारेमा कुराकानी भइ रहेको बताउँदै छिट्टै राहत महसुस गराइने आश्वासन दिएका थिए। आगजनीबाट पुगेको क्षेतिप्रति दु:ख व्यक्त गर्दै सबैले सहयोग गर्नुपर्ने धारणा राखे।
राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस उपशाखा ठोरीका सभापति प्रकाश खनाल , ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवर , सदस्य रविन तिमल्सिना , वडा नं २ का सदस्य श्यमहरी शर्मा , रेडक्रस उपशाखा ठोरीका कोषाध्यक्ष प्रदुम्न कुमार गौतम ,सदस्यहरु राम बहादुर बिष्ट ,कृष्ण गोपाल कुँवर लागाएतका व्यक्तिहरुको उपस्थिति रहेको उपशाखाका सभापति खनालले जानकारी दिए।
गत ७ गते शुक्रबार आकस्मिक देखापरेको आगोले तेज बहादुर परियार, चेतबहादुर परियार ,भरत परियार ,कृष्ण परियार तथा किशोर परिवारको घर ,गोठ ,अन्नपात ,लत्ताकपडा एवम् खरखजना समेत जलेर पुर्णरुपमा नष्ट भएको थियो।

- Advertisement -
- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -