बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

पोर्चुगल लगायतका देश पठाइदिन्छु...

काठमाडौं,१५ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु...

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...
19.1 C
Kathmandu
33.8 C
Birgunj

तराई अस्पताल : जहाँ पैसा तिरुन्जेल रहन्छ बिरामीको श्वास, नत्र बुझ्नुपर्छ बिरामीको लास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ जेठ – बलिउड मुभी गब्बर इज ब्याकमा एक अस्पतालको लुटेको कथा चित्रित गरिएको छ । ठ्याक्कै त्यस्तै शैली बीरगन्जको तराई अस्पतालले पनि देखाएको छ । पैसा तिरुन्जेल उपचार गरिरहने अनि पैसा तिर्न छोडेपछि बिरामीको जिम्मा लिन्न भन्दै पन्छिने र डिस्चार्ज गरेर बिरामी अन्तै लानुुुस् भन्दै बक्यौता भुक्तानी गर्न लगाउने । हो, यस्तै गरेको छ, तराई अस्पतालले । पैसा तिरुन्जेल सो अस्पतालले नवजात शिशुको गरिरहेको र पैसा तिर्न छोडेपछि उपचारमा हेलचेक्रयाई गर्दा शिशुको ज्यानै गएको घटना आज सार्वजनिक भएको छ ।

- Advertisement -

बीरगन्जको प्रतिमा चौकमा रहेको तराई हस्पिटल एण्ड रिसर्च सेण्टरले २५ दिनसम्म उपचार गरेबापत १ लाख २७ हजार रुपैयां भुक्तान गर्न लगाई अभिभावकलाई भने शिशुको शव बुझाएको छ ।

बीरगन्ज महानगरपालिका वडा नं. ९ रानीघाटका सागर श्रेष्ठको २५ दिन नवजात शिशुको मृत्यु भएको हो । जन्म पश्चात श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि शिशुको उपचार गत २५ दिनदेखि अस्पतालमा भइरहेको थियो । शिशुको घाँटीमा समस्या देखिएको बताएपछि शिशु वृद्धिसँगै उपचार पश्चात रोग निको हुने भनी अस्पतालले बताएपछि विश्वस्त भएर श्रेष्ठले उपचार गराइरहेको थिए । तर अचानक तीन दिन अघि अस्पताल प्रशासनले पछिल्लो बच्चा ठिक छ पैसा जम्मा गर्न दबाब दिएको र बच्चाको ज्यान गए अस्पताल जिम्मेवार नहुने भन्दै सही छाप गर्न लगाएको श्रेष्ठ बताउँछन् । परिवारका अनुसार भर्ना भएको बेलादेखि नै पटक–पटक पैसाको माग गर्दै आएको उनी भन्छन् । “ढिलो चाँडो भए पनि पैसाको जोहो गरेर थोर बहुन बुझाएकै थिए, डिस्चार्ज गर्ने बेला सबै पैसा बुझाउनु नै पथ्र्यो” श्रेष्ठले भने “मैले पैसा नबुझाएको बहानामा उपचारमा हेलचेत्र्mयाई भयो, केही दिनको खुशी पिडामा बदलिएको छ ।”

- Advertisement -

बच्चाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी नै नगराई एकाएक मृत्यु भएको जनाकारी अस्पतालले गराएको परिवारले आरोप लगाएका छन । अन्तिम पटक पैसा भुक्तानी गरेर बच्चालाई लिएर जान भनेको परिवारले जनाएको छ ।
यता, अस्पताल प्रशासनले भने आरोपको खण्डन गरेको छ । प्रशासन शाखाका दिलिप राउत कुर्मीले अप्रेशन गरेर बच्चा भएको र समय भन्दा पहिला नै बच्चा जन्मिएको तथा जन्मेदेखि नै बिरामी रहेको बताए । बच्चाको उपचार प्रसुतिरोग विशेषज्ञ डा. अचेन्द्र मिश्राले गरेको परिवारले स्रोतले जनाएको छ ।

यसअघि, तीन दिन अघि मात्र पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ६ का चन्दन सहनीको पनि उस्तै केशमा अस्पतालमा जुम्लयाहा बच्चाको मृत्यु भएपछि परिवारले अस्पतालमा बबाल गरेको थियो ।

हिजौ मात्रै पनि पहिलो सोही अस्पतालमा उपचार गराउदैं आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ सखुवाघाटका ५७ वर्षका बद्रीबहादुर भट्टराईको तराई अस्पताले नै शुरुमा उपचार गर्न नमानेपछि ज्यान गएको घटना पनि प्रकाशमा आएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार