शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

बारामा भिटिएम अभावले परिक्षणमा समस्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, ३१ जेठ-पिसिआर परिक्षणका लागि भिटिएम अभावका कारण कोरोना परिक्षणमा समस्या भैरहेको छ ।

- Advertisement -

क्वारेनटाइनमा रहेकाहरुको कोरोना परिक्षणका लागि स्वाव संङ्कलन गर्न नैं समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख राम नरेश यादवले बताए ।

जिल्लाका १६ वटै स्थानीय तहहरुमा गरी कुल पाँच सय जना क्वारेन्टाईनमा छन् । ती संख्याको आधाको मात्रै पि.सि.आर विधिबाट कोरानो परिक्षणका लागि स्वाव लिईएको छ । बाँकी परिक्षणका लागि प्रयास भैरहेपनी भि.टिम अभाव हुँदा समस्या भएको यादवको भनाई छ ।

- Advertisement -

सबैभन्दा बढी कोल्हवी नगरपालिकामा एक सय ३५ जना र सबै भन्दा कम करैयामाई गाउँपालिकामा १ जना क्वारेनटाईनमा बस्दै आएका छन् ।

निश्चीत रुपमा प्राप्त भिटिमको सहयोगमा पालैपालो पि.सि.आर परिक्षणका लागि स्वाव संकलन गरि पठाईएको यादवले बताए ।

स्वाव संकलन गरी पठाए पनी रिपोर्ट आउँन ढिलाई हुँने गरेको अवस्था छ । रिर्पोटमा पोजेटिभ देखिएकाहरुलाई कलैया उपमहानगरपालिका–३ , गंगापुर स्थीत शैक्षिक तालिम केन्द्रको कोरोना विशेष अस्थाई अस्पतालको आईसुलेसनमा भर्ना गरिँदै आएको छ । भने रिर्पोट नेगेटिभ आएकाहरुलाई घरपरिवारको जिम्मामा घर पठाउँने काम भैरहेको छ ।

जिल्लामा ९३ जनामा कोरोना पोजेटीभ देखिएकोमा हाल ३ जना महिला सहिँत ३९ जना मात्रै आईसोलेसनमा छन् ।

यस मध्ये करैयामाई गाउँपालिका २ का ७६ वर्षिय एक वृद्ध र निजगढ नगरपालिकाको पाँच वर्षिय बालकको निधन भयो । ती बालकको हिजो शुक्रवार निधन भएकोमा आज शनिवार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भने बाँकी ५२ जनाले कोरोना जितेर घर फर्किका छन् ।

भारतबाट नेपाल भित्रिनेको संख्या केही दिन अघिसम्म दैनिक सय जनाको हाराहारी भए पनी हाल यो क्रममा कमि आएको छ ।

आज भोली दर्जनको हाराहारीमा मात्रै भारतबाट नेपाल आउँने र उनीहरुको स्थानीय तहहरुको क्वारेन्टाईनमा राख्ने गरेको छ ।

करिब आठ लाख ३० हजार जन संख्या भएको बारा जिल्लाको १६ वटा स्थानीय तहमा अहिले ६ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

१६ वटा स्थानीय तह रहेको बारामा ११ वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

आज सम्ममा बारामा कोरना संक्रमितको संख्या ९३ रहेको छ । जस मध्ये दुईको मृत्यू भएको छ ।

हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १ , सिम्रौनगढ नगरपालिकामा १७ , बिश्रामपुर गाँउपालिकामा २ , कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना , करैयामाई गाँउपालिकामा ३ जना , महागढीमाई नगरपालिकामा २३ जना , पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना , पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १७ जना , आदर्श कोटवाल गाउँपालिकामा ८ जना , देवताल गाउँपालिकामा १ जना , कोहल्वी नगरपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा ७ जनामा भेटिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार