Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

विभिन्न २४ जिल्लामा देखियाे सलह

spot_img

नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रले जनाएको छ।

सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान भइनसके पनि प्रारम्भिक रुपमा बालीहरूमा सलहले असर पुर्‍याएको विवरण केन्द्रमा आएको सुवेदीले बताए ।

नेपालमा शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्डको सलह नै तितरबितर भएर उडिरहेको केन्द्रले जनाएको छ।

बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा करिब दुई/तीन हजारको झुण्डमा मात्रै रहेको थियो । त्यहाँबाट सलह उत्तरतर्फको पहाडी क्षेत्रमा पुगेको जनाइएको छ ।

महोत्तरीको बर्दिवास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरू जंगल तथा सिन्धुलीतर्फ गएको छ।

यस्तै, मकवानपुरको बकैया र हेटौंडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको केन्द्रको अनुमान छ। त्यहाँ भेटिएकामध्ये केही सलह चितवनतर्फ उडेको केन्द्रले जनाएको छ।

यस्तै, चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन ।

यस्तै, सिन्धुलीको भिमानमा दुईदेखि तीन लाखको संख्यामा सलह भेटिएको छ । उक्त संख्यामध्ये केही काभ्रे र रामेछापतर्फ अघि बढेको सूचना केन्द्रमा आई पुगेको छ ।

यस्तै, रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा सलह पुगेको छ । यहाँ भेटिएको सलहको छरिएका र निकै कम मात्रामा छ । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा करिब ५ देखि ७ लाखको झुण्ड कपिलवस्तु र पाल्पातर्फ गएका छन् ।

कपिलवस्तुको वाणगंगामा आइतबार ७ हजारभन्दा बढीको झुण्डमा भेटिएको सलह तितिरबितर अवस्थामा छ । असार १४ गते पाल्पा पुगेको सलह करिब ४ देखि ५ लाखको झुण्डमा रहेको सूचना केन्द्रमा छ ।

त्यहाँबाट सलह स्याङ्जा र गुल्मीतर्फ उडेको छ । यस्तै स्याङ्जाको कालीगण्डकीमा करिब ५० हजार, दाङको गधवा, तुलसीपुरमा ४ हजारको झुण्डमा सलह छन् ।

८ देखि १० लाखको झुण्ड कपिलवपस्तुको बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकामा रहेको भेटिएको छ ।

त्यहाँ रहेको ठूलो संख्याको सलहले उत्तरपश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको केन्द्रले जनाएको छ ।

कास्कीमा झण्डै दुई लाखको झुण्डमा सलह भेटिएको छ । गुल्मी, प्युठान, पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय