बिहिबार, बैशाख १३, २०८१
Thu, April 25, 2024

भोलिदेखि कक्षा १२ को...

१३ वैशाख, भक्तपुर । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ...

पूर्वमन्त्री आलमसहित चार जनालाई...

१३ वैशाख, काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई...

योजना कार्यान्वयनका लागि रूपान्तरणका...

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका...

पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य...

१३ वैशाख १३ वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव...
18.1 C
Kathmandu
27.3 C
Birgunj

बजेट प्रस्तुत भएको झन्डै एक महिनापछि प्रदेश २ को बजेट पारित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, २९ असार – प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभामा बैठकमा  सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा बहुमतले बजेट पारित भएको हो।

- Advertisement -

गत असार १ गते प्रदेश सरकारले रु. ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो। १ सय ७ जना प्रदेशसभा सदस्य रहेको यो प्रदेशमा आइतबारको मतदानमा ८० जना सांसद सहभागी भएका थिए। अनलाईन (जुम) मा ६ जना र प्रदेशसभामा उपस्थित ७४ जनाले विनियोजन विधेयकमा मतदान गरेका थिए। मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए। प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए।

मन्त्रालयगत छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनियोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसक्रममा प्रमुख प्रतिपक्ष नेकपा सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेका थिए।

- Advertisement -

विपक्षीले मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र अनलाइन माध्यमबाट सांसदहरु सहभागी भएका थिए। बजेटमाथिको छलफलको क्रममा प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विरोध जनाएका थिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार