बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

सवारी दुर्घटनामा ८ चिनियाँ...

कास्की,०६ वैशाख । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा ८जना चिनियाँ नागरिक...

सुनकाे मूल्य तोलामा ६००...

काठमाडौं,०६ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी...

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...
28.1 C
Kathmandu
38.4 C
Birgunj

कोरोना परीक्षण गरेर मनपरी शुल्क असुल्दै निजी अस्पताल, छानबिन गर्न समिति गठन

सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन अस्पतालले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको विषयमा अनुसनधान गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ । मन्त्रालयको गुणस्तरमापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले रहेका छन् ।

- Advertisement -

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल र ग्रान्डी अस्पतालले मन्त्रालयको निर्देशिका विपरीत स्वाब संकलन गरेर मनपरि शुल्क लिएको गुनासो आएको थियो । समितिलाई यी अस्पतालहरुले कोरोना परीक्षण गरिरहेको भन्नेबार छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देन दिइएको छ ।

मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को मोेलिक्युलर परीक्षण (पीसीआर) परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ मा निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमुनालाई मात्र परीक्षण गर्नुपर्ने र शुल्क पनि ५ हजार ५ सय मात्र लिन पाउँने उल्लेख छ ।
आइतबार मात्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सानेपास्थित स्टार अस्पताल आफैं नमुना संकलन गरेर परीक्षण गर्ने अनुमति मन्त्रालयले दिएको थियो ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार