बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

ओली–प्रचण्ड वार्ता सकरात्मक, निष्कर्ष निस्किएन

सिफारिस

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा एक्ला–एक्लै वार्ता भएको हो । दुई अध्यक्षबीच असार २४ यता भेटावार्ता भएको थिएन ।

- Advertisement -

झण्डै एक हप्तापछि भएको वार्तामा छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष राजी भएको बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले पनि दुई अध्यक्षबीच राम्रो वातावरणमा छलफल भएको बताए ।

अघिल्लो हप्ताको बुधबार–एक्ला एक्लैको भेटमा ओली र प्रचण्डबीच भनाभनसमेत भएको थियो। सोही क्रममा ओली उठेर हिँडेपछि प्रचण्ड पनि खुमलटार फर्किएका थिए। त्यसयता ओली प्रचण्डबीच पहिलो पटक भेट भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग भएपछि नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ । साउन २ गते सम्म बैठक स्थगित गरिएको छ ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार