बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...

विद्युतीय सवारी सस्तो निर्यातमा...

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले...

नेपाल प्रहरीका आठ डीएसपी...

नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका...

२३ कम्पनी परे कालोसूचीमा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण व्यवसायी/ आपूर्तिकर्तालाई...
16.1 C
Kathmandu
29.9 C
Birgunj

शिक्षा महाशाखा बन्यो भ्रष्टाचारीको अखडा, प्याड खरिदमा भ्रष्टाचार भएको प्रअहरुको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० असार – बीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुको लागि खरिद गरेको सेनेटरी प्याड तथा भेन्डर मेसिनको खरिद प्रक्रियामा ठुलो भ्रष्टाचार भएको प्रधानाध्यापकहरुले आरोप लगाएका छन् । आफैले खरिद गरेको मेसिन तथा सेनेटरी प्याडको भुक्तानी विद्यालयहरुलाई दिन महानगरपालिकाले दबाब दिएपछि सो खरिद प्रक्रियामा व्यापक अनियमितता भएको सार्वजनिक भएको छ । प्रअहरुले बजार मुल्य भन्दा बढी रकममा प्याड खरिद गरिएको बताउदैं भुक्तानी दिन आनाकानी गरे पछि बीरगन्ज महानगरपालिका तथा महानगरको मातहतमा रहेको सामुदायिक विद्यालयहरु बीच विवाद सृजना भएको छ ।

- Advertisement -

बीरगन्ज महानगरपालिका भित्रका सामुदायिक विद्यालयका छात्राहरुको सहजताको लागि आएको सशर्त अनुदानको ७१ लाख ७६ हजार रकम महानगरपालिकाले विद्यालयहरुमा छात्राको अनुपातमा पठाएको भए पनि खरिद भने आफैले गरेको थियो । शुरुमा महानगरले दिएको भेन्डर मेसिनसँग साइज मिल्ने प्याड नपाएर धेरै कठिनाई भएको प्रअहरुले गुनासो गरे । शिक्षा शाखा र बीरगन्ज महानगरपालिका कर्मचारीको मिलोमतोमा कमिसनको खेलले यस्तो समस्या आएको र शैक्षिक क्षेत्रमा भ्रष्टाचार हुने गरेको नाम नछाप्ते शर्तमा एक प्रअले बताए । महानगरले आफैले खरिद गरेको प्याड तथा भेन्डरको भुक्तानी विद्यालयलाई दिन ताकेता गरेपछि प्रअहरुले रकम भुक्तानी दिन मानेका छैनन् ।

बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले अनुदान अलि ढिला गरी आएको कारण महानगर टेन्डर प्रक्रियामा नगएर अनुदान सिधै विद्यालयहरुमा पठाएको बताउनुभयो । उनले अनुदान विद्यालयमा सोझै पठाईएको भए पनि भेन्डर मेसिन तथा प्याडको एकरुपताको लागि महानगरपालिकाले सहजिकरण गरेको तथा सप्लायर्स मार्फत उपलब्ध गराई दिइएको बताए । महानगरकाले ३१ समुदायिक विद्यालयलाई भेन्डर मेसिनको लागि ७५ हजार तथा ६ कक्षा माथिका छात्राको अनुपातका आधारमा बाँकी रकम प्रदान गरिएको शिक्षा शाखा प्रमुख कर्णले बताउनुभयो ।

- Advertisement -

तर प्रअहरुले यस भन्दा पहिला पनि विद्यालयको भौतिक पूर्वधार विकासको रकम महानगरपालिकाले दिएको तथा आफ्नै मिस्त्री तथा कामदारहरु पठाएर भुक्तानी गर्न लगाएको बताए । प्रअले रकम विद्यालयमा पठाएर खरिद आफै गर्ने परम्परा महानगरपालिकामा हाबी आरोप लगाएका छन् । सेनेटरी प्याड तथा भेन्डर मेसिन बजार मुल्य भन्दा बढी रकममा महानगरपालिकाले सप्लायर्ससँग खरिद गरेको प्रअहरुको दाबी छ । विद्यालयले कुनै सामान खरिद गर्दा तथा भुक्तानी दिदाँ विद्यालय व्यवस्थापन समितिबाट सहमति लिनुपर्ने प्रावधान रहेको कारण यसरी भुक्तानी दिदाँ थप समस्या हुने गरेको प्रअहरुले दुखेसो पोखे । आवश्यक पर्ने सामान एकै पटक भण्डारण गरी राख्दा म्याद गुज्रे तथा कुनै किसिमको इन्फेक्शन भए त्यसको जिम्म कसले लिने प्रश्न प्रअहरुको छ ।

बीरगन्ज महानरपालिका मेयर विजय सरावगीले भने विद्यालयहरुले खरिद गर्न नपाएको निउँमा भुक्तानीमा आनाकानी गरेको बताउदै केही विद्यालयले भने भुक्तानी गरेको तथा बाँकीले पनि गर्ने दाबी गर्नुभयो । उनले अब देखि महानगरपालिकाले टेन्डर प्रक्रियामा गएर सो समानहरु खरिद गर्ने बताउनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार