शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

पर्सेली चेली सेलिनाको तीज गीत सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ठोरी, २१ साउन – पर्साको ठोरीकी चेली चर्चित गायिका सेलिना कुंवरको नयाँ तीज गीत भर्खरै सार्वजनिक भएको छ ।
२०७७ सालको तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको गायिका कुंवरले बताएकी छिन ।

- Advertisement -

केही बर्ष अघि देखि निरन्तर संगीत क्षेत्रमा लागि परेकी गायिका कुंवरले नेपाली आधुनिक गीत, चलचित्रका गीत, भोजपुरी, मैथिली गीतहरु गरि डेढ दर्जन भन्दा बढी गीत गाइसकेकी छिन ।

सांगीतिक आकाशमा भर्खरै उदाएकी गायिका कुंवरले नेपाली सांगीतिक क्षेत्रका अब्बल गायक राजेश पायल राई, भारतका चर्चित गायक उदितनारायण झा र कुमार सानू संग पनि डोएट गाइसकेकी छिन ।

- Advertisement -

ठोरी गाउँपालिका वडा १ सरस्वती नगरमा जन्मिएकी गायिका कुंवर हाल काठमाडौमा बसेर आफ्नो सांगीतिक यात्रा अघि बढाइरहेकी छिन ।

भर्खरै सार्वजनिक भएको उनको तीज गीतमा चर्चित मोडेल अञ्जली अधिकारीले मोडेलिङ गरेकी छिन । बेस म्युजिक नेपाल युटुब च्यानल बाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ । गीतका रचनाकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको ’’ मेरा काला दारी’’ गीत आहिले चर्चाको शिखरमा छ ।

भिडियो मा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् ।

हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार