शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

पार्टिको आन्तरिक विवादमा अल्झीयो नेविसंघ, विकास तिवारीलाई रिहा गर्न नेतृत्वले गरेन पहल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३१ साउन । गत साउन २८ गते पक्राउ परेका नेविसंघ पर्साका सभापति विकास तिवारीलाई प्रहरीले अझै रिहा गरेको छैन । बिहीबार आफ्नै निवासबाट धरपकड शैलीमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएको थियो । विगत ३ दिन देखि उनी पर्सा प्रहरीको हिरासतमा छन् ।

- Advertisement -

हिरासतमा लिएकै दिन नेपालपोष्टडेलिसँगको कुराकानीमा पर्सा प्रहरीले तिवारीलाई साईबर अपराध र थप अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको बताएको थियो । तर, अहिले प्रहरीको बयान फेरिएको छ ।

साईबार अपराध अन्तर्गत नभएर नगरक्षेत्रको शान्ति सुरक्षा उपर खलल पुर्याएको भन्दै उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको नेविंघको भनाई छ ।

- Advertisement -

नेविसंघका पदाधिकारीहरुका अनुसार प्रहरीको गतिविधी शंकास्पद छ । सुरुमा साईबर अपराध अन्तर्गत नियन्त्रणमा लिएको भन्ने र अहिले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरेको भन्नुले प्रहरीलाई शंकाको घेरामा उभ्याएको छ ।

पर्सा जिल्लामा पछिल्लो समय खस्कँदै गएको स्वास्थ्य अवस्थामा सुधार ल्याउन तथा उपचार नगर्ने अस्पताललाई कारबाहीको माग गर्दै विकास तिवारीको नेतृत्वमा नेविंघले गत साउन २६ गते प्रदर्शन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी भएको प्रदर्शनका क्रममा प्रहरी सँग भएको हस्तक्षेप पछि तिवारीसहित केही कार्यकर्ता पक्राउ परेपनि केही समयमै रिहा गरिएको थियो । रिहा गरेको एक दिन पछि तिवरीलाई पुनः पक्राउ गरि हालसम्म हिरासतमै राखिएको छ ।

यसैबिच नेविसंघ पर्सा सभापति तिवारीलाई रिहा गराउन नेपाली कांग्रेस पर्साको नेतृत्व पनि उदासिन देखिएको नेविसंघ कार्यकर्ताहरुको भनाई छ । कांग्रेस पर्साका उपसभापतिसहित २५ जना नेता कार्यकर्ताले विज्ञप्ती जारी गर्दा सभापतिको सहभागिता र हस्ताक्षर नदेखिनुले पार्टि नेतृत्व भातृ संगठन प्रति जिम्मेवार नभएको नेविसंघ पदाधिकारीहरुको भनाई छ ।

पार्टिको आन्तरीक किचलो र गुटबन्दीका कारण आफुहरु प्रति नेतृत्व उत्तरदायी नभएको नेविसंघका एक पदाधिकारीले नेपालपोष्टडेलिसँगको कुराकानीमा बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -