मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

बारामा एकैदिन थपिए ९५ जना कोरोना संक्रमित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया : बारामा सोमबार ९५ जना कोरोना संक्रमित थपिएका छन्। कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा एकैपटक ठुलो संख्यामा संक्रमित थपिएका हुन्।
बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार कलैया उपमहानगरमा ७६, जीतपुरसिमरामा १६ जनासहित अन्य तीन व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये केहीलाई अस्पताल ल्याउन थालिएको र केहीलाई घरमै आईशोलेट भएर बस्न अनुरोध गरिएको डिएसपी मिश्रले बताए।

- Advertisement -

जीतपुरसिमरा उपमहानगरपालिकामा संक्रमित देखिएका १६ जनामध्ये ९ जना नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रिय डिपोमा कार्यरत कर्मचारी छन्। जीतपुरसिमरा उपमहानगरपालिका-२१ का वडाअध्यक्ष कृष्णबहादुर ठकुरीले निगमको प्रशासन र सरसफाई क्षेत्रमा कार्यरत ९ कर्मचारी र सात जना स्थानियमा संक्रमण पुष्टि भएको बताए।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अमलेखगंजमा शनिबार ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि वीरगंज पठाइएको थियो। संक्रमित कर्मचारीमध्ये तीन जना वीरगंज, तीन जना अमलेखगंज र बाँकी अन्य स्थानका छन्। यसैगरी संक्रमित हुने अन्य सात स्थानीयमा ईन्धन ढुवानी गर्ने ट्यांकरका चालकसमेत छन्।

वडाअध्यक्ष ठकुरीका अनुसार संक्रमित कर्मचारीलाई निगमले स्थानीय होटलमा आईशोलेट गर्ने तयारी गरेको छ। ‘कर्मचारीलाई निगमले आफ्नै खर्चमा होटलमा राख्ने भएको छ। ट्यांकर चालकको विषयमा भने चालक संघले निगमसँग समन्वय गरिरहेको छ’ वडाअध्यक्ष ठकुरीले भने।

योसँगै बारामा संक्रमितको संख्या ६ सय ८५ पुगेको प्रहरी प्रवक्ता डीएसपी मिश्रले जानकारी दिए। संक्रमित भएकामध्ये दुई सय ५२ जना उपचारपछि घर फर्किएका छन्। कोरोना संक्रमणबाट बारामा १० जनाको मृत्यु भइसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -