मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
27.1 C
Kathmandu
39.2 C
Birgunj

होम आईसोलसनबाट युवा नेता गुप्ताकाे माग,”प्राधिकरण निर्देशकमा घिसिङलाई निरन्तरता दिनुपर्छ”

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ८ भदाै ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने अनेरास्वबियूका केन्द्रीय सदस्य तथा नेकपा पर्सा ज़िल्ला सदस्य प्रभाकर गुप्ताले माग गरेका छन् ।

- Advertisement -

नेपाललाई लाेडसेडिंग मुक्त बनाउन सफल भएका घिसिङलाई प्राधिकरणकाे निर्देशकमा निरन्तरता दिन नेता गुप्ताले माग गरेका हुन् ।

उद्याेग कलकारखाना तथा देशकाे वस्तुस्थिती चाैपट भइरहेका बेला प्राधिकरणकाे नेतृत्व सम्हालेका घिसिङले नेपाललाइ लाेडसेडिङ मुक्त बनाउँदै उद्धारणीय कार्य गरेकाे गुप्ताले बताए । घिसिङले सिमित स्राेत साधनकाे उपयाेगबाट प्रत्येक नेपालीकाे घरघरमा विद्युत पुर्याएका कारण पनि उनलाई पदमा निरन्तरता दिन नेता गुप्ताले सरकारसँग आग्रह गरेका छन् ।

- Advertisement -

देशले अन्धकार र प्राधिकरणले चर्को घाटा भोगिरहेका बेला घिसिङको कार्यसम्पादनले देशबाट अन्धकार हटाएको र प्राधिकरणलाई नाफामा पुर्याएका कारण उनलाई पदमा पुनः बहाली गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको नेता गुप्ताको भनाई छ । विद्युत प्राधिरकरणकाे निर्देशकमा कुशल प्रशासक घिसिङकाे विकल्प नदेखिएकाे नेता गुप्ता बताउँछन् ।

नेता गुप्ता काेराेना संक्रमित भइ विगत १२ दिन देखि हाेम आइसोलेसनमा उपचाररत छन् ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार