धनुषा, ९ भदाै । जनकपुरमा एक स्थानिय परिवारलाई खाद्य सामाग्री सहयाेग गरिएकाे छ ।
महामारीका कारण खाना नपाएर काेही भाकै रहन नपराेस् भन्दै स्थानिय युवा कैयुम राइनले सञ्चालन गरेकाे अभियान अन्तर्गत खाद्यान्न सामाग्री सहयाेग गरिएकाे हाे ।


चामल २५ किलाे, दाल २ किलाे, तेल १ लिटर, साबुन र सर्फ १ पैकेट, नुन १ किलाे र तरकारीका लागि केही रकम सहयाेग गरिएकाे जनाइएकाे छ।
जनकपुर उपमहानगरपालिका वडा ४ मा रहेकाे उक्त परिवारलाई निषेधाज्ञाका कारण हातमुख जाेड्न समस्या भएकाे खबर पाए लगत्तै सहयाेग गर्न अभियान युवाहरू पुगेका हुन् ।
महामारीका बेला अस्पतालमा रगतकाे समस्या नहाेस् र खाना अभावका कारण काेही पनि भाकै रहन नपराेस् भन्दै उक्त अभियान क्रियाशिल छ ।