शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

३,५०० टन रासायनिक मल...

सिन्धुपाल्चोक,०७ वैशाख । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम...

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...
26.1 C
Kathmandu
38 C
Birgunj

उपचार खर्च तिर्न नसक्दा नोबेल अस्पतालले दिएन शव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलित सुमदायका व्यक्तिकाे शव रोकेर राखेको छ । उपचारका क्रमममा शनिबार मृत्यु भएका सप्तरीको महुली गाउँपालिका- ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकोले आफन्तले अन्तिम संस्कार गर्न पाएका छैनन् ।

- Advertisement -

सार्कीको उपचार र औषधि वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको अस्पतालले जानकारी दिएको छ । पैसा तिर्न नसकेपछि नोबेलले बुबा सनमनको शव लैजान नदिएको जेठा छोरा नवीन अछामीले बताए ।

आफूहरूसँग त्यत्रो रकम तिर्नसक्ने अवस्था नभएको उनको भनाइ छ । उच्च रक्त्तचापका बिरामी सनमनको गत ५ चैतदेखि नोबेलमा उपचार भइरहेको थियो । उनलाई २५ दिन आइसीयूमा र ४ दिन भेन्टिलेटरमा राखिएको थियो । उपचारवापत अस्पताल प्रशासनको ५ लाख र औषधि वापतको औषधि पसलमा ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको नोबेलले जनाएको छ ।

- Advertisement -

पैसा तिर्नसक्ने क्षमता आफूहरूको नभएको र शव लैजान अस्पतालले नदिएकाले बुबाको अन्तिम संस्कार गर्न नपाएको छोरा नवीनको गुनासो छ । उनी नोबेल अस्पतालमा भौँतारिदै आफूसँग उपचार शुल्क तिर्नसक्ने अवस्था नभएकोले शव लैजान दिन नोबेल प्रशासनसँग हारगुहार गरिररहेका छन् ।

अस्पतलाका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्नसक्ने अवस्था नभएको बताए । यसबारेमा अध्यक्ष सुनील शर्माले मात्र निर्णय दिनसक्ने उनको बताए ।

सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछन् । जेठा छोरा २७ वर्षीय नवीन र अर्का छोरा २४ वर्षीय कुमार दुबै मिस्त्री काम गर्दछन् । श्रीमानको मृत्युपछि ६१ वर्षकी आमा सीता बेहोस अवस्थामा छन् ।

छोरा नवीनका अनुसार बुबाकोे मृत्युपछि पैसा तिर्न नसक्दा अस्पताल र फार्मेसीका प्रतिनिधिहरू घरजग्गा धरौटी राख्न सकिन्छ कि भनेर महुली पनि पुगेका थिए । तर, सुकुम्बासी परिवार भएकोले असुल उपर गर्नसक्ने अवस्था नभएपछि उनीहरू चुपचाप फर्किए । त्यसपछि झन् अस्पतालले पैसा तिरे मात्र बाबुको शव लैजान दिने अडान लिएको छ ।

बुबाको उपचारमा ऋण खोजेर यसअघि ३ लाख रुपैयाँ खर्च गरेको बताउँदै नवीनले बुबाको अन्तिम संस्कार गर्ने व्यवस्था मिलाईदिन सबैसँग गुहार गरेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार