बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

काठमाडौंमा चहलपहल बढयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं २५ भदाै । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै चहलपहल बढेको छ ।

- Advertisement -

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले तीन सातादेखि लगाइएको निषेधाज्ञालाई खुकुलो पार्दै व्यापार–व्यवसाय खोल्न र निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेसँगै आजबाट चहलपहल बढेको हो ।

पसल व्यवसाय आलोपालो प्रणालीमा सञ्चालन हुने भएपनि बढी भिडभाड हुने जात्रा, महोत्सव, चाडपर्व, सांस्कृतिक तथा धार्मिक गतिविधिलगायतमा लगाइएको निषेधाज्ञा भने आगामी ३१ गते मध्यरातिसम्म लम्ब्याइएको छ ।

- Advertisement -

निषेधाज्ञाको नयाँ मोडालिटीअनुसार निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता, कस्मेटिकलगायत पसल साताको तीन दिन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ ।

भाडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसल आइतबार र मंगलबार मात्रै खोल्न पाउने बनाइएको छ । फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्नुपर्ने छ ।

कुल सिट संख्याको आधाभन्दा नबढ्ने गरी भौतिक दूरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । होटल /रेस्टुरामा टेक–अवे र अनलाइन डेलिभरी सेवा मध्याह्न १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार